Comments Add Comment

जब एयरपोर्टमा महिलालाई आफ्नै स्तन निचोर्न भनियो

एयरपोर्टमा सुरक्षा जाँचको नाममा महिलामाथि विभिन्न खाले दुव्र्यवहार हुने गरेका घटना बेलाबेलामा आउने गर्छन् । महिलाहरुलाई सुरक्षा जाँचको नाममा दुख दिने तथा लज्जित बनाउने गरिएका घटना पनि सार्वजनिक हुन्छन् ।

यस्तै घटना हालै सार्वजनिक भएको छ, जहाँ भारतीय मूलकी एक सिंगापुरे महिलामाथि एयरपोर्टमा सुरक्षा जाँचको नाममा अनौठो दुव्र्यवहार भएको छ । ३३ वर्षकी गायत्री बोस जर्मनीको फ्रान्कर्फट विमानस्थलबाट पेरिस जाने विमानमा चढ्दै थिइन् । सुरक्षा जाँचका क्रममा उनलाई रोकियो । किनकि उनको झोलामा ब्रेस्ट पम्प भेटिएपछि सुरक्षा अधिकारीहरुलाई शंका उत्पन्न भएछ ।

एक्लै यात्रा गरिरहेकी गायत्रीको झोलामा स्तनबाट दुध निकाल्ने ब्रेस्ट पम्प भेटिएपछि सुरक्षा अधिकारीलाई शंका लाग्नु स्वभाविकै थियो । सोधपुछका क्रममा गायत्रीले आफ्नो ३ वर्ष ७ महिनाको बच्चा रहेको र आफूले नियमित रुपमा स्तनपान गराउने गरेको बताइन् । अधिकारीहरुले त्यसको प्रमाण खोजे ।

स्तनपान गराउने गरेको दाबी पुष्टि गर्नका लागि आफ्नो स्तन निचोरेर दुध निकाल्न आदेश दिए । एक यातायात कम्पनीमा म्यानेजर तहकी कर्मचारी रहेकी गायत्री जर्मनीको एयरपोर्टमा आफुमाथि भएको त्यस्तो दुव्र्यवहारबाट लज्जित छिन् । दुध निचोर्ने आदेश पाउँदा आफू स्तब्ध भएको उनी बताउँछिन् ।

दुव्र्यवहार गर्ने अधिकारीलाई कारवाही गर्न उनले जर्मन पुलिसमा उजुरी दर्ता गराएकी छिन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment