Comments Add Comment

जीवन र नीतालाई नै चाहिएको छ हिट फिल्म, तर प्रचारबाट किन टाढा ?


पौष महिना नेपाली चलचित्रका लागि निकै खल्लो भयो । माघ महिना पनि खल्लो हुने संकेत देखिएको छ । कारण, माघ २० सम्म रिलिज भएका कुनै पनि चलचित्रले व्यापार गरेनन् । नेपाली चलचित्रको व्यापार चम्कनका लागि फागुण महिना नै पर्खनु पर्ने अवस्था छ ।

अब, माघ २८ गते ‘डाइङ क्यान्डल र लेक साइड’ प्रदर्शनका लागि तयार छन् । हामी, यहाँ कुरा गर्दैछौ चलचित्र ‘लेक साइड’को । राजु अधिकारीको निर्देशनमा तयार भएको चलचित्र ‘लेक साइड’मा जीवन लुइटेल र नीता ढुंगाना मुख्य भूमिकामा छन् ।

यो चलचित्र असफल भएको खण्डमा जीवन र नीतालाई फेरि असफल कलाकारको ट्याग लाग्नेछ । कारण, नीता र जीवनको निरन्तर चलचित्र असफल भैरहेका छन् ।

तर, चलचित्रको रिलिज मिति आउन एकसाता बाँकी रहँदा पनि यी दुई कलाकार प्रचारमा देखिएका छैनन् । जीवन अमेरिका पुगेका छन् भने नीता चलचित्र प्रचारमा देखिकएकी छैनन् ।

मुख्य २ कलाकार नै प्रचारमा नहुँदा यसको निर्माणपक्षलाई समस्या पर्नु नौलो कुरा होइन । हुनत, चलचित्र असफल हुँदा त्यसको जिम्मेवारी लिन तयार नहुने नेपाली कलाकारहरु हिट हुँदा सबै आफ्नै कारणले भएको हो भन्न पछि पर्दैनन् । चलचित्र चल्न एकसाता मात्र बाँकी रहँदा, नीता र जीवनले कसरि चलचित्रको हाइप बढाउने हुन्, प्रतिक्षा गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment