+
+

कालिञ्चोकको हिउँमा रामकृष्ण पत्नीसँग मन्चिनको रोमान्स

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २० गते १३:१०


प्रेम दिवसमा सार्वजनिक गर्ने तयारीका साथ गायक रामकृष्ण ढकालको आवाजमा एक प्रेमगीतको भिडियो छायांकन भएको छ । ‘यस्तो को हौ तिमी’ बोलको गीतको निर्देशन निकेश खड्काले गरेका छन् ।

कालिञ्चोकको सेताम्य हिउँमा यो गीतको भिडियो खिचिएको छ । गीतमा मनिष बसिस्टको शब्द, दवान गुरुङको संगीत छ । अर्जुन तिवारीले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गर्नेछन् ।

रोचक कुरा के छ भने, भिडियोमा रामकृष्णकि पत्नी निलम ढकालले मोडलिङ गरेकी छिन् । निलमले यसअगाडि पनि रामकृष्णकै आवाजमा समावेश केहि गीतका भिडियोमा गरिसकेकी थिइन् ।

गीतमा निलमको साथमा मन्चिन शाक्यले मोडलिङ गरेका छन् । प्रेम गर्ने जोडीका लागि भ्यालेन्टाइन डेमा यो गीत विशेष हुने रामकृष्णको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?