Comments Add Comment

यस्तो गाउँ: जहाँ बाँदरकै कारण बढ्दैछन् अविवाहित केटीहरु

बाँदरले बालीनाली खाइदिने मात्र होइन, यसले त हुँदाहुँदा मानिसको बिहे नै रोकिदिन थालेछ । भारतको बिहारस्थित एक गाउँका गाउँलेहरुले बाँदरको आतंकका कारण यस्तै पीडा भोगिरहेका छन् । बाँदरकै कारण उक्त गाउँका बिहे गर्ने उमेरका कन्याहरुले बिहे गर्न पाएका छैनन् ।

बिहारको राजधानी पटनाबाट ७५ किलोमिटर टाढा रहेको भोजपुर जिल्लास्थित रतनपुर गाउँ बाँदर आतंकले पीडित छ । यो गाउँ यति कुख्यात भैसकेको छ कि त्यहाँ जन्ती गएमा जिउँदै फर्किने ग्यारेन्टी हुँदैन भन्ने अफवाह चलेको छ । जसका कारण उक्त गाउँका कन्याहरुलाई बिहे गर्नका लागि कुनैपनि युवक जन्ती लिएर बेहुलीकोमा जाने आँट गर्दैनन् ।

बाँदरकै कारण गाउँमा अविवाहित युवतीहरुको संख्या बढिरहेको छ । अनेक उपाय गर्दा पनि गाउँबाट बाँदरका बगाललाई हटाउन सकिएको छैन र गाउँलाई पूर्णरुपमा आफ्नो कब्जामा राखेको छ बाँदरले । आसपासका गाउँहरुमा रतनपुर गाउँको बाँदरको कहानी निकै चर्चित बनिरहेको छ । त्यसैले मानिसहरु रतनपुरका केटीहरु मन परेपनि बिहे गर्न जान डराउँछन् । बाँदरले आक्रमण गरी मार्छ भन्ने डर छ उनीहरुमा ।

रतनपुरमा सात वर्षअघि भएको घटनापछि यस्तो भएको रहेछ । एउटा घरमा धुमधामसँग व्याण्ड बाजा सहित बिहे चलिरहेको थियो । जन्तीहरु मज्जाले नाचगान गरिरहेका थिए । एक्कासी बाँदरहरुको एक बगालले जन्तीमाथि आक्रमण गर्यो ।

पहिले त जन्तीले बाँदर लखेट्ने कोसिस गरे, तर जब बाँदरहरु बढी आक्रामक बने तब जन्तीहरुले नै ज्यान जोगाउन यत्रतत्र भाग्न थाले । बाँदरले जन्तीमाथि आक्रमण गरेर बिहे बिथोलिदिएको उक्त घटनापछि रतनपुर गाउँ बाँदरसेनाको आतंकले कुख्यात बन्यो ।

त्यसपछि रतनपुरका कन्या बिहे गर्नका लागि अन्य गाउँका मानिसहरु जन्ती लिएर आउने आँट गर्न सकेका छैनन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment