Comments Add Comment

‘यो साइनो मायाको’ वियोगान्त गीत रिलिज


अरुणकुमार प्रधानको निर्देशनमा तयार भएको चलचित्र ‘यो साइनो मायाको’ वियोगान्त गीत सार्वजनिक भएको छ । चैत्र ४ गते रिलिज हुन लागेको यो चलचित्रको ‘यो के भयो’ बोलको गीतको भिडियो रिलिज गरिएको हो ।

शिव परियारको आवाजमा समावेश यो गीतमा कुन्दन थापाको शब्द तथा संगीत छ । चलचित्रको यो गीतमा जतिन ताम्राकार र डेब्यू नायिका रेश्मा घिमिरेलाई देखाइएको छ । रामकुमार श्रेष्ठको लगानीमा तयार भएको यो चलचित्रलाई बाबुराम नेपालीले छायांकन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment