Comments Add Comment

‘थाय्भू’ परिचर्चा

काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानको मातृभाषा साहित्य विभागले नेपाल भाषामा साहित्य सर्जकहरुको उपस्थितिमा परिचर्चा कार्यक्रम आयोजना गर्‍यो ।

कार्यक्रममा विभागले नियमित रुपमा प्रकाशित हुँदै आएको नेपाल भाषाको वार्षिक पत्रिका ‘थाय्भू’ को सातौं अङ्क सार्वजनिक गरियो । पत्रिकाको लोकार्पण गर्दै प्रज्ञा-प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले मातृभाषाको संवर्द्धनका लागि प्रतिष्ठान गम्भीरतापूर्वक लागेको बताए ।

उनले सीमित बजेटका बीच पनि सम्बन्धित क्षेत्रमा प्रतिष्ठानले महत्वपूर्ण काम गरिरहेको दाबी गरे ।

प्रतिष्ठानका सदस्यसचिव जीवेन्द्रदेव गिरीले अन्य मातृभाषाको तुलनामा नेपाल भाषा-साहित्य निकै समृद्ध रहेको टिप्पणी गरे ।

मातृभाषा साहित्य विभागका प्रमुख एवम् ‘थाय्भू’ का प्रधान सम्पादक प्राज्ञ श्रवण मुकारुङले नेपालमा एक सय २३ मातृभाषा रहेको उल्लेख गर्दै सबै भाषाका साहित्यलाई विभागले समान रुपले हेरिरहेको बताए ।

प्राज्ञसभा सदस्य एवम् पत्रिकाका कार्यकारी सम्पादक ध्रुव मधिकर्मीले ‘थाय्भू’लाई अरु प्रभावकारी बनाउन लेखक/साहित्यकारको रचनात्मक सहयोग अपरिहार्य हुने बताउनुभयो ।

कार्यक्रममा नेपाल भाषाका स्रष्टाहरू नरेशवीर शाक्य, चन्द्रमान बज्राचार्य, गोविन्दमान श्रेष्ठ, मंगला कारञ्जित, नारद बज्राचार्य लगायतले मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment