Comments Add Comment

साहरुखलाई अमिताभले भने-‘पाइन्टको जिप चेक गर्नु’


नायक साहरुख खान अहिले आफ्नो चलचित्र ‘रइस’को सफलताले दंग छन् । जनवरी महिना यसैपनि बलिउडका लागि सफल महिना मानिदैन । तर, यो महिनामा अर्को चर्चित चलचित्रसँग जुधेर सय करोड माथिको व्यापार गर्नु सामान्य कुरा होइन ।

साहरुखको ‘रइस’ले पहिलो विकमा १२० करोड माथिको व्यापार गरेको छ । ८० करोडमा बनेको यो चलचित्रले नाफामा गैसकेको छ भने ओभरसिजमा पनि यसले ७० करोड माथिको कमाई गरिसकेको छ ।

उनै, साहरुख खानले एक युट्युब कार्यक्रममा रमाइलो कुराकानी गर्दै अमिताभ बच्चनसँगको एक पल संझिएका छन् । स्टेजमा जानु अगाडि साहरुख निकै लजाउँने गर्थे । उनलाई खुबै तनाव पनि हुने रहेछ ।

उनले छेउमै रहेका अमिताभलाई सोधेछन्-‘अमितजी स्टेजमा जानु अगाडि ध्यान दिनुपर्ने कुरा के हो ?’ साहरुखको यो प्रश्नमा अमिताभले भने-‘आफ्नो पाइन्टको जिप याद गर्नु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment