Comments Add Comment

देश टुक्र्याउने अभियानलाई ‘मानवअधिकारवादी’को साथ

सिके राउतलाई तुरुन्त रिहा गरेर वार्ता गर्न आग्रह


२३ माघ, काठमाडौं । मधेसलाई टुक्र्याएर अलग राष्ट्र बनाउने अभियान चलाउँदै आएका विखण्डनवादका अभियन्ता सिके राउतको पक्षमा केही ‘मानवअधिकारवादी’हरु उत्रिएका छन् । राउतलाई अविलम्ब रिहा गरेर उनीसँग वार्ता गर्न भन्दै केही मानवअधिकारवादीले देश टुक्र्याउने अभियानप्रति समर्थन जनाएका हुन् ।

राउत पक्राउ पर्नासाथ त्यसरी वक्तव्य निकाल्ने व्यक्ति हुन् नेपाल मानवअधिकार संगठन (हुरोन) का अध्यक्ष अधिवक्ता इन्द्रप्रसाद अर्याल हुन् ।
यो मानवअधिकार संगठन स्व. ऋषिकेश शाहले स्थापना गरेका हुन् ।

हाल अर्याल अध्यक्ष रहेको यो संगठनमा यसअघि कपिल श्रेष्ठ, सुदीप पाठक र चरण प्रसाईसमेत अध्यक्ष भइसकेका छन् ।

संगठनका तर्फबाट शुक्रबार नै निकालिएको वक्तव्यमा सिके राउतलाई ‘मधेसको अधिकारका लागि आन्दोलन गरिरहेका’ व्यक्ति भनिएको छ । राष्ट्रिय अखण्डताविरोधी गतिविधि सञ्चालन गरेको आरोपमा पक्राउ परेका राउतलाई रिहा गरी प्रभावकारी वार्ता थाल्न वक्तव्यमा आग्रह गरिएको छ ।

विगतमा यसैगरी लण्डनस्थित एमनेष्टी इन्टरनेशनलले राउतको पक्षमा वक्तव्य निकालेको थियो । सो वक्तव्यको नेपालका मानवअधिकारवादीहरुले विरोध गरेका थिए ।

सिके राउतलाई हेर्नेबारे नेपालका मानवअधिकारवादीवीच मतान्तर हुँदै आएको छ । मानवअधिकारवादी अभियन्ता कृष्ण पहाडीले सिके राउतको देश बिखण्डन एवं पहाडे महिलालाई बेश्या भन्ने घृणात्मक अभिव्यक्तिलाई समर्थन गर्न नसकिने बताएका छन् ।

पढ्नुहोस् पहाडीको अन्तरवार्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment