ललितपुर । गायिका अरुणा लामाको १९औं स्मृति दिवसको अवसरमा अलग आर्ट हबले सांगीतिक कार्यक्रम गरेको छ ।
शनिबार भएको कार्यक्रममा गायिकाहरु एन्जिला सिं श्रेष्ठ, पार्वती राई, आभा मुकारुङ, झुमा निरौला, बबिना किराँती, गायकहरु कुवेर नेपाली, रेवत राई, कर्ण लामाले अरुणाका लोकप्रिय गीतहरु गाउँदै उनलाई सम्झिए । यस्तै, सङ्गीतकार मण्डल साम्पाङ, वाद्यवादकहरु पावल थुलुङ, यमकुमार समाल, नाकिम लगायत आर्ट हबका करिब ३५ जना विद्यार्थीले सांगीतिक श्रद्धा सुमन प्रकट गरेका थिए ।
अरुणाका ‘फूललाई सोधेँ’, ‘भेटिनु-छुटिनु’, ‘हिमालसरि’, ‘उडी जाऊँ भने’ लगायतका गीतहरु प्रस्तुत गरिएको कार्यक्रममा खासगरी वियोगका भाका छानिएका थिए । गायिकाहरु एन्जिला, आभा र झुमाले ‘हाँगाहाँगा पातपात’ बोलको गीत संयुक्त रुपमा गाउादा माहौल रोमाञ्चक बनेको थियो ।
अलग आर्ट हबले दिवंगत स्रष्टाहरुको सम्झनामा कार्यक्रम गर्दै आएको छ ।
प्रतिक्रिया 4