Comments Add Comment

फिल्ममा काम नपाएपछि बिपाशा सिरियलतिर

कुनै समय बलिउडमा चल्तिकी नायिकाभित्र पर्थिन् विपाशा बसु । तर, उनी केही समययता फिल्मविहिन छिन् । साँच्चि के गरी दिन काट्दै होलिन् आजका यी ‘हट’ नायिका ?

बिपाशा केही दिनअघि लेक्मे फेसन वीकमा र्‍याम्प गर्दै थिइन् । विवाहपछि पहिलोपटक उनी यसरी मञ्चमा प्रस्तुत भएकी हुन् । फेसन डिजाइनर फाल्गुनीले बनाएको ड्रेसमा उनले र्‍याम्प वाक गरिन् । उनी फेसन वीकको तेस्रो दिनकी शो स्टपर थिइन् ।

बिपाशाको विषयमा अहिले अर्को खबर बाहिरिएको छ । विवाहपछि कुनै पनि फिल्ममा नदेखिएकी उनी अब चाँडै टेलिभिजन सिरियलमा देखिन सक्छिन् । स्टार प्लसमा आउन लागेको एउटा सुपरनेचुरल सिरियलमा विपाशाले काम गर्ने लगभग तय भएको छ ।

खासमा स्टार प्लसले चाँडै नै ‘कोही लौट के आया है’ नामक धारावाहिक श्रृंखला सुरु गर्दैछ । हालै यो सिरियलको टीजर प्रोमो लन्च गरिएको थियो । सिरियलमा चर्चित टेलिभिजन कलाकारहरु सुरभी ज्याती, शरद केलकर ताथा इब्राहिम शोयब मुख्य भूमिकामा छन् । केही समयभित्र विपाशा यो सिरियलमा जोडिने निर्माण स्रोतले बताएको छ । बिपाशाले सुपर नेचुरल थिममा बनेका थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन् । त्यही अनुभवका कारण उनलाई यो सिरियलमा मौका मिलेको बताइएको छ ।

अलोन, क्रिएचर, आत्मा, राज जस्ता रहस्यपूर्ण फिल्ममा काम गरेकी बिपाशाले टेलिभिजनमा अभिनय गर्न लागेको यो पहिलोपटक हो । त्यसो त फिल्ममा काम पाउन छोडेकोले नै विपाशा टिभी सिरियलमा काम गर्न तयार भएको चर्चा चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment