Comments Add Comment

मस्ती टकः बुढो भइएछ कि क्या हो, डेटिङमा मन जाँदैन त : जीवन लुइटेल(भिडियो कुराकानी)

भन्छन्-'म पछिको चकलेटी हिरो अनमोल केसी'

चकलेटी अनुहारका धनी नायक जीवन लुइटेल उमेर बढ्दै जाँदा आफू झनै ह्यान्डसम भएको बताउँछन् । अमेरिकाबाट भर्खरै मात्र नेपाल फर्किएका जीवनले आफ्ना फ्यानले पनि आफूलाई झनै ह्यान्डसम देखिन थालेको प्रतिक्रिया दिएको सुनाए ।

जीवन अभिनित चलचित्र ‘लेक साइड’ माघ २८ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रको प्रचारका क्रममा अनलाइनखबरसँग ‘मस्ती टक’ गर्दै जीवनले आफूलाई बुढेसकालले छोएछ क्या समेत भने ।

‘लेक साइड’मा संगीत क्षेत्रमा संघर्षरत एक यूवाको भूमिका निर्वाहा गरेका जीवनले ‘भ्यालेन्टाइन डे’को समेत याद गरे ।

जीवनसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः


जीवनले स्कुल पढ्दा भ्यालेन्टाइन डेको खासै याद नभएको तर आफ्नी श्रीमतिसँग नै लभ पर्दा केहि बर्ष डेटमा रमाएको सुनाए । उनले भने-‘हामी २ बर्ष त प्रेममा पर्‍यौ । त्यो समयमा केहि कफि सपहरुमा भ्यालेन्टाइन डे मनाइयो ।’

तपाई, नायिकाहरु बर्षा राउत, बर्षा सिवाकोटी र नीता ढुंगानामध्ये कसलाई डेट, कोसँग बिहे र कोसँग भाइटिका लगाउन चाहनुहुन्छ भन्ने प्रश्नमा जीवनले जवाफ दिएनन् । बरु भने-‘साच्चै म बुढो भएछु कि क्या हो, डेटिङ जान मन नै लाग्दैन त ।’

तपाइपछिको चकलेटी नायक को हो त भन्ने प्रश्नमा जीवनले भने-‘धेरै आउनु भएको छ । अनमोल केसीको प्रशंसा सबैले गर्छन् ।’ जीवनले चलचित्रको व्यापारमा उतारचढाव आएपनि आफू नहराएको र स्टारडम कायम नै रहेको दाबी समेत गरेका छन् ।

जीवनसँगै ‘मस्ती टक’ गर्ने क्रममा निर्देशक राजु अधिकारीले ‘लेक साइड’ प्रचारमा नायिका नीता ढुंगानाले साथ नदिएको र फोन गर्दा एक हिन्दी भाषा बोल्ने यूवकले फोन उठाएको भन्दै आक्रोश व्यक्त गरे । उनले चलचित्रले प्रेमको कथा भन्ने भन्दै प्रेम दिवसमा दर्शकका लागि एउटा रमाइलो चलचित्र उपहार स्वरुप पस्कन लागेको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment