Comments Add Comment

सिन्धुपाल्चोकमा दुई गाउँका युवाबीच झडप, एकको मृत्यु

२४ माघ, चौतारा । सिन्धुपाल्चोकको पार्गरपुमा स्थानीयबासीबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा गुम्बा गाविस पार्गरपुका ३१ वषर्ीय साङबहादुर तामाङ छन् । झडपमा घाइते भएका उनलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । उनको शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

प्रहरीका अनुसार गुम्बाको पार्गरपु र बोल्देका स्थानीयबीच जारी उठाउने विषयमा विवाद चल्दै आएको थियो । र, केही समय अघि भएको झडपमा बोल्देका एक युवा गम्भीर घाइते भएका थिए ।

त्यही घटनालाई निउ बनाएर सोमबार दिउँसो बोल्देबाट आएका युवाहरुले पार्गरपुका स्थानीयमाथि आक्रमण गरेको स्थानीयले जानकारी दिए ।

मृतक तामाङको दाइ आकाश तामाङ गम्भीर घाइते भएको स्थानीयले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली गएको जिल्ला प्रहरी प्रमुख एसपी रविन्द्र केसीले जानकारी दिए । घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।

दुइ गाउँबीचको झडपले अहिले त्यस क्षेत्रका स्थानीय त्रसित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment