+
+

हिक्का आएर दुख दियो ? अपनाउनुस् यी उपाय

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २५ गते ११:५२

बाडुल्की लाग्नु वा हिक्का आउनु भनेको कसैले सम्झिएको हो भन्ने मान्यता छ, यद्यपि यसको कुनै वैज्ञानिक आधार छैन । तर वैज्ञानिकहरुका अनुसार धेरै छिटोछिटो खानाले, निकै तातो वा पिरो खानेकुरा खानाले तथा अन्य विभिन्न कारणले गर्दा स्वासनली र डायफ्राममा अवरोध हँदा हिक्का आउँछ ।

कहिलेकाहीँ हिक्का आउँदा केही बेरमै रोकिन्छ । तर कहिलेकाहीँ लामो समयसम्मै दुख दिन्छ । हिक्का रोक्नका लागि औषधिको साटो घरेलु उपाय अपनाउनु निकै प्रभावकारी हुन्छ । तर ४८ घण्टा भन्दा बढी समयसम्म हिक्का आयो भने डाक्टरलाई अनिवार्य रुपमा देखाउनुपर्दछ । हिक्का रोक्ने घरेलु उपाय भने यी हुन्:

१. दुबै कानमा औँला हालेर अगाडि पटि्ट झुक्ने । यसो गर्दा कान हुँदै गला र फोक्सोसम्म जाने स्नायु र फोक्सो समेतमा दबाव पर्छ र हिक्का रोकिन्छ ।

२. भ्रामरी प्राणायाम । दुबै हातका बुढी औँलाले कान बन्द गर्ने, माझी औँलाले नाकलाई दुबै तर्फबाट दबाउने । अनि आँखा र मुख बन्द गरेर भँवरा जस्तो आवाज निकाल्ने ।

३. मुख आँ.. गरी जिब्रो बाहिर निकाल्ने ।

४. केही बेरसम्म स्वास रोक्ने र एकैचोटी छाड्ने क्रिया गरिरहने ।

५. जोडसँग खोक्ने प्रयास गर्ने ।

६. बरफ मिसाएको चिसो पानी पिउने ।

७. एक चम्चा चिनी मुखमा हाल्ने र नचपाइकन निल्ने ।

८.कागतीलाई दुई टुक्रा पार्ने अनि एउटा टुक्रा चपाउने ।

९. एक चम्चा कागतीको रसमा एक चम्चा मह मिलाउने अनि चाट्ने ।

१०. मरिचका २-३ दाना लिने र मिश्री वा चिनीसँग चपाउने ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?