Comments Add Comment

आमेषसँग देखिएको अशिष्माको केमेष्ट्री


माथिको तस्बिर हेरेर पनि वुझ्न सकिन्छ कि, नायक आमेष भण्डारी र नायिका अशिष्मा नकर्मीको केमेष्ट्री अब चलचित्र क्षेत्रमा जम्दैछ । अशिष्माले लगातार चलचित्रमा काम गरिरहेपनि सफल चलचित्र दिन सकेकी छैनन् । जसकाकारण, उनलाई अब सोलो हिट हुन आवश्यक छ ।

यता, चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’बाट नेपाली रजतपटमा भित्रिएका नायक आमेष भण्डारीलाई पनि डेब्यू प्रोजेक्टले नै धक्का दियो । दिनेश डीसी निर्देशित चलचित्र पूर्ण असफल भएपछि आमेष पनि रन्थनिए । उनी र नायिका नीता ढुंगानाको रिल र रियल लाइफको जोडी जम्ने अपेक्षा गरिएतापनि दुबै सफल हुन सकेन ।

अब, उनै आमेष चलचित्र ‘मेला’मा नायिका अशिष्मा नकर्मीसँग जोडी जमाउने तयारीमा छन् । आमेष र अशिष्मा अहिले चलचित्रका तस्बिर शेयर गर्दै आफूहरुको केमेष्ट्री जम्न थालेको देखाइरहेका छन् । बसन्त निरौला निर्देशित यो चलचित्रका लागि आमेषले निकै मिहिनेत पनि गरेका छन् । अर्कोतिर, सोलो नायिकाको रुपमा अशिष्माका लागि यो चलचित्र चलेको खण्डमा राम्रै फाइदा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment