२५ माघ, काठमाडौं । नेपाल पत्रकार महासंघमा सदस्यता वितरणसम्बन्धी विवाद चर्किएको छ । सदस्यता वितरणमा भागवण्डा गरिएको र केन्द्रीय सलस्यहरुलाई नै यसबारे जानकारी नदिइएको भन्दै तीनजना केन्द्रीय सदस्यहरुले नेतृत्वको विरोधमा वक्तव्य निकालेका छन् ।
‘पत्रकार महासंघको केन्द्रमा समेत यसलाई-सदस्यता वितरणलाई) अपारदर्शी ढंगले भागवण्डाका रुपमा अगाडि बढाउने काम भइरहेको छ’ महासंघका केन्द्रीय सदस्यत्रय दीपेन्द्र कुँवर, माधव दुलाल र रोशन पुरीले मंगलबार जारी गरेको वक्तव्यमा भनिएको छ-‘एकातिर गैर पत्रकारलाई सदस्यता दिएको भनेर विवाद हुनु, अर्कातिर यतिधेरै सदस्य एकैपटक थपिनु संयोगमात्रै पक्कै होइन होला ।’
पत्रकार महासंघले यस वर्ष ३ हजार नयाँ सदस्य थप्न लागेको सुनेपछि आफूहरुले उनीहरुको सूची माग गर्दा लुकाइएको गुनासो विज्ञप्तिमा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4