Comments Add Comment

सिनेटर दस्तयारीको कार्यालय अब पश्चिम सिड्नीमा

७ फेब्रुअरी, सिड्नी । अष्ट्रेलियन लेबर पार्टीका नेता तथा न्यू साउथ वेल्सबाट अष्ट्रेलियाको सिनेटमा प्रतिनिधित्व गर्ने सिनेटर साम दस्तयारीले पश्चिम सिड्नीस्थित पारामाटामा आफ्नो सम्पर्क कार्यालय खोलेका छन् । दस्तयारी आजै अष्ट्रेलियाको विपक्षी दल लेवरको उपसचेतकमा बढुवा भएका छन् ।

सम्पर्क कार्यालय खोलेपछि उनले आयोजना गरेको एक कार्यक्रममा उल्लेख्य संख्यामा उनका नेपाली शुभचिन्तकहरुलाई पनि निम्तो गरिएको थियो । लेबर पार्टीका कार्यकर्ता तथा सिनेटर दस्तयारीका सहयोगी हरिश भेलजीले अनलाइनखबरसँग भने, ‘हाम्रो पार्टीका नेपाली शुभचिन्तकहरु बढीरहेका छन् ।’

उनले अगाडि भने, ‘सिनेटर दस्तयारी नेपाल पुगेर आएपछि नेपाली समुदायसँग उनको भेटघाट अझै गाढा भएको छ ।’


पारामाटा सिड्नीको दोस्रो प्रशासनिक केन्द्रका रुपमा विकास भइरहेको शहर हो ।

अष्ट्रेलियन लेबर पार्टीले जनाएअनुसार आइतबार आयोजित कार्यक्रमका प्रमुख अतिथि अष्ट्रेलियन लेवर पार्टीका महासचिव कैला मुर्मयन थिए । त्यस्तै अर्का अतिथि क्याम्पेन एजका निर्देशक डी यडिगन थिए ।

उक्त कार्यक्रममा नेपाली समुदायका अगुवाहरु इन्द्रा वन, दीपक खड्का, गोवा कटवाललगायत उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment