Comments Add Comment

के ट्रम्पको एउटा ‘बाथरोब’ पनि छैन ?

२६ माघ, काठमाडौं । के अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग एउटा ‘बाथरोब’ (नुहाउनु अघि र पछि लगाउने लामो कपडा) पनि छैन होला ? उनका प्रवक्ता त यही भन्छन् ।

ह्वाइट हाउसका प्रेस सचिव सान स्पाइसरले दिएको अभिव्यक्ति अहिले सामाजिक सञ्जालका लागि गजबको मसला बनिरहेको छ ।

उनले ट्रम्पसँग बाथरोब छ भन्ने आफूलाई नलागेको बताएका छन् । अमेरिकी पत्रिका न्यूयोर्क टाइम्समा प्रकाशित एउटा समाचारलाई खन्डन गर्ने क्रममा उनले यो बयान दिएका हुन् ।

ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पको शुरुवाती दिनलाई लिएर प्रकाशित लेखप्रति अखबारले माफी माग्नुपर्ने माग स्पाइसरले गरेका छन् ।

लेखमा उल्लेख थियो, ‘जब ट्रम्प बाथरोब लगाएर टिभी हेरिरहेका हुँदैनन् वा चुनावी प्रचारका दौरान बनेका साथी र सल्लाहकारहरुसँग फोनमा बात मारिरहेका हुँदैनन्, त्यबिबेला उनी आफ्नो नयाँ घरको ती हिस्साहरु अवलोकन गर्नका लागि समय निकाल्छन्, जसको बारेमा उनलाई कम जानकारी हुन्छ ।’

यो प्रसंगलाई उद्वृत गर्दै स्पाइसरले भनेका छन्, ‘मलाई लाग्दैन कि राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुनै बाथरोब छ ।’

उनको यत्ति अभिव्यक्तिले सामाजिक सञ्जालमा तुफान खडा भयो । सामाजिक सञ्जालमा #BathRobeGate  जस्ता थुप्रै ह्यासट्याग ट्रेन्डिङ हुनुका साथै बाथरोब लगाएका पूर्व अमेरिकी राष्ट्रपतिहरुको तस्वीर धमाधम पोष्ट हुन थाल्यो ।

टि्वटरमा एबी बुएनोले पूर्व राष्ट्रपति रोनाल्ड रेगनको बाथरोब लगाएको तस्बिर पोष्ट गर्दै लेखेका छन्, @seanspicer / @realDonaldTrump ले यसप्रकारले बचाउ गरिरहेको देख्दा अनौठो लागिरहेको छ । जबकी उनका हिरो त यसलाई लिएर कत्ति पनि लजाउँदैनथे ।’

@AMERICAblog  का सम्पादक जोन एरावासिसले ट्रम्पका तीन तस्बिरहरु पोष्ट गरिदिए जसमा उनी बाथरोबमा देखिएका छन् ।
एक टि्वटर ह्यान्डलमा लेखियो, ‘प्रेस सचिव, मलाई लाग्दैन कि १० डाउनिङ स्ट्रीटको पाल्तु बिरालो ल्यारी पनि बाथरोब लगाउँछ ।’

१० डाउनिङ स्ट्रीट ब्रिटेनका प्रधानमन्त्रीको कार्यालय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment