Comments Add Comment

करिना कपुर अब टेलिभिजनमा

बलिउड नायिका करिना कपुर अब टेलिभिजन कार्यक्रममा सहभागी हुने भएकी छिन् । चाँडै सुरु हुने च्यानल बीबीसी अर्थमा कार्यक्रम फिल अलाइभ -प्रफुल्लित महसुस् गर्नु)को एम्बेष्डर नियुक्त भएकी छिन् ।

उनको नीजी जीवन उत्साहजनक भएकाले उनलाई कार्यक्रममा अनुबन्ध गरिएको च्यानलको भनाई छ । त्यसो त करिना प्रकृतिप्रेमी पनि छिन् ।

मनोरञ्जक च्यानलको हिस्सा बन्न लागेको करिना पहिलो पटक हो । करिनाको नामसंग जोडिएपछि कार्यक्रम समेत चर्चामा आउने च्यानल सञ्चालकको विष्लेशण छ ।

उनको ब्यक्तित्व र च्यानलको कन्टेष्ट मेल खाएकाले उनलाई अनुबन्ध गरिएको सोनि पिक्चर्स नेटवक्र्स इण्डियाका उपाध्यक्ष सौरभ यागनिकको भनाई रहेको छ । ‘हामी भारतीय दर्शकलाइ नयाँ ढंगको कार्यक्रम दिन चाहन्छौं’ उनले भने ।- एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment