२७ माघ, काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको चन्द्रागिरी केबलकारले फागुन महिनाभरि सोमबार, मंगलबार, बुधबार र बिहीबार पहिला टिकट काटने दुई सय दर्शनार्थीहरुका लागि ५० प्रतिशत छुटमा टिकट दिने भएको छ ।
छुट व्यवस्थाअनुसार कूल ७ सय पर्ने केबलकार टिकट ३ सय पचास रुपैयाँमा प्राप्त गर्न सकिनेछ । यो सुविधा लिने यात्रुले अन्य छुट सुविधा लिन पाउने छैनन् ।
यो सुविधा अन्तर्गतको टिकट कम्पनीको थानकोटस्थित टिकट काउन्टरबाट मात्र लिनुपर्नेछ । एक जना यात्रुले एउटा मात्र टिकट लिन सक्नेछन् भने यसरी लिइएको टिकट सोही दिनका लागि मात्र मान्य हुने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4