+
+
Shares

विप्लवका विद्यार्थीद्वारा नवलपरासीका पाँच क्याम्पसमा तालाबन्दी

स्ववियु निर्वाचनको नयाँ मिति घोषणा गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २७ गते १५:४२

२७ माघ, कावासोती । स्ववियु निर्वाचनको नयाँ मिति घोषणा गर्न माग गर्दै विप्वल माओवादी निकट अखिल क्रान्तिकारीले नवलपरासीका पाँच  क्याम्पसमा तालाबन्दी गरेको छ ।

अखिल क्रान्तिकारी नवलरासीका संयोजक शिव डुम्रेका अनुसार कावासोतीको कुमारवर्ती बहुमुखी क्याम्पस, बर्दघाटको दिव्यज्योति, परासीको पाल्ही बहुमुखी क्याम्पस, सुनवलको महाकवि देवकोटा बहुमुखी क्याम्पस र बेलाटारीको त्रिभुवन बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको हो ।

अखिल क्रान्तिकारीले फर्जी विद्यार्थी भर्ना खारेज गर्नुपर्ने, पूर्ण समानुपातिक प्रणाली लागू गर्नुपर्ने र सबै विद्यार्थी संगठनसँग मिलेर स्ववियु निर्वाचनको नयाँ मिति घोषणा गर्नुपर्ने माग राखेका छन् ।

नवलपरासीमा अघिल्लो स्ववियु निर्वाचनमा सुनवलको देवकोटा बहुमुखी क्याम्पस, कावासोतीको कुमारवर्ती बहुमुखी क्याम्पस, बर्दघाटको दिव्यज्योति, परासीको पाल्ही बहुमुखी क्याम्पस र बेलाटारीको त्रिभुवन बहुमुखी क्याम्पस गरी ५ वटा क्याम्पसमा स्ववियू निर्वाचन भएको थियो । यस वर्ष नवलपरासीका थप १० वटा क्याम्पसमा पनि स्ववियू निर्वाचन गर्ने चर्चा छ तर विद्यार्थी संगठनहरुबीच कुन-कुन क्याम्पसमा स्ववियू निर्वाचन गर्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन ।

अहिले गैडाकोटको जनक बहुमुखी क्याम्पस, एसविएम कलेज, कालिका संस्कृति विद्यामन्दिर, अमरापुरीको जनमुखी, रहजरको देवचुली, प्रगतिनगरको जनज्योति, कावासोतीको मध्यविन्दु, चोरमाराको नवजागरण, अरुणखोलाको अरुणखोला बहुमुखी र भूमहीको मोतिलाल बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचन थप गर्ने चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?