+
+

भूवनले अनमोलको फोटो खिचेकै पैसा मागेपछि

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २८ गते १२:४६


नायक अनमोल केसी अहिले मिडिया र फ्यानबाट भागिरहेका छन् । उनी, भाग्नुको पनि कारण छ । विशेषगरि, चलचित्र ‘कृ’का लागि कपाल बढाएपछि अनमोल मिडिया र फ्यानबाट टाढा बसेका हुन् । चलचित्रको फस्टलुक सार्वजनिक नभएसम्म उनलाई गेटअप लुकाउनु पर्नेछ ।

अनमोलको चर्चा बजारमा चलिरहँदा, पिता भूवन केसी भने उनको स्टारडमलाई क्यास गर्न चाहन्छन् । अनमोललाई कुनै कार्यक्रममा बोलाउँदा वा केहि गर्दा पैसा आउने अवस्था छ भने भूवन चाँसो राख्छन्, नत्र खासै ध्यान दिन्नन् ।

हालैमात्र, एक जना फोटोग्राफरले अनमोल केसीको तस्बिर खिच्नुपर्‍यो भन्दै भूवनलाई फोन गरेछन् । भूवनसँग नजिकको सम्बन्ध भएकाले उनले फोन गरेका रहेछन् । तर, भूवनले भनिदिएछन्-‘फोटो खिचाए वापत कति पैसा आउँछ भाई ।’

भूवनको यो कुराले फोटोग्राफर पनि अचम्ममा परे । यी फोटोग्राफरले नायक भूवन केसीकै निर्माणमा बनेको चलचित्र ‘म तिमिविना मरिहाल्छु’मा फोटोग्राफी गरेका रहेछन् । सो, चलचित्रमा काम गरेवापत भूवनले अहिलेसम्म ती फोटोग्राफरलाई पारिश्रमिक दिएका रहेनछन् ।

केहि समय अगाडि ललितपुरमा ‘बीइङ ह्यूमन’को शाखा उद्घाटन गर्न अनमोल कपाल रुमालले वाधेरै पुगेका थिए । उनले शो शाखा उद्घाटन गरेवापत २ लाख लिएको चर्चा पनि चलेको थियो ।

आफूले पारिश्रमिक नदिने, तर आफू भने अनमोलको फोटो खिचाएकै पैसा मागिदिने । भूवन केसीको शैली पनि गजबकै छ । यो गसिप बिहिबार प्रकाशित ‘शुक्रबार’ साप्ताहिकले छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?