+
+
Shares

अस्कलमा अखिल र क्रान्तिकारीबीच झडप

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २८ गते १९:४४
फाइल तस्वीर

२८ माघ, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको चुनावको मिति नजिकिंदै जाँदा क्याम्पसहरुमा विद्यार्थी भर्नाको विषयलाई लिएर विवाद सुरु भएको छ ।

ठमेलस्थित अस्कल कलेजमा शुक्रबार विद्यार्थी भर्नाको विषयलाई लिएर अखिल क्रान्तिकारी र अखिलबीच झडप भएको छ ।

कलेजले विद्यार्थी भर्नाको मिति २७ गतेसम्म मात्रै तोकेको थियो । तर, क्याम्पस प्रमुख राजु महाजुले आफुखुशी एक दिन भर्ना मिति बढाएर बिहीबारसम्म पुर्‍याए पछि विवाद भएको हो ।

एमाले निकट अखिलले पूर्वसूचना विपरित क्याम्पस प्रमुखले आफु खुशी भर्ना मिति बढाएको भन्दै विरोध गरेका थिए । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले भने क्याम्पस प्रमुखको निर्णयलाई साथ दिएपछि दुई विद्यार्थी संगठनबीच झडप भएको छ ।

समय थप भएसँगै ८ जना विद्यार्थी भर्ना हुन आएका थिए । उनीहरु सबै क्रान्तिकारीको तर्फबाट आएका हुन् ।

सोह्रखुट्टे वृत्तका डीएसपी सोमेन्द्र सिंह राठौरका अनुसार क्याम्पस प्रमुख महाजुमाथि अखिलका विद्यार्थीहरुले हातपातको प्रयास गरेका छन् । हातपात गर्न खोज्ने विद्यार्थीलाई प्रहरीले तितरवितर पारेको छ भने सबै विद्यार्थी संगठनका प्रतिनिधि र क्याम्पस प्रमुखबीच वार्ता सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?