+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

स्वतन्त्रबाट स्ववियु सभापति जितेका अधिकारी अखिल क्रान्तिकारीमा समाहित

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ७ गते २१:२५

७ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आंगिक क्याम्पस चितवन इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्रबाट निर्वाचित स्ववियु सभापति प्रज्वल अधिकारी अखिल (क्रान्तिकारी) मा समाहित भएको घोषणा गरेका छन् ।

अधिकारीलाई बिहीबार पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिकारीमा स्वागत गरेका हुन् ।

अधिकारीले आफू अखिल क्रान्तिकारीमा समाहित भएको सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।

‘स्ववियु निर्वाचन विजय पश्चात, म स्ववियुको सभापतिको रुपमा रहि क्याम्पसको हितको लागि सम्माननीय पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र आदरणीय विकासप्रेमी सफल मेयर रेनु दाहाल ज्युको उपस्थितिमा अखिल (क्रान्तिकारी) मा समाहित भएको तथापि हाम्रो संयुक्त प्यानलको प्रतिवद्धता पत्र अनुसारनै मैले विध्यार्थी हकहितको लागि लड्ने कुरा प्रण गर्दछु,’ अधिकारीले सामाजिक सञ्जालमा लेखेका छन् ।

चितवन इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिका लागि दुईजना मात्रै उम्मेदवार थिए । अधिकारीले ७८ मत ल्याएर निर्वाचित हुँदा अनेरास्ववियुका विशाल पोखरले ५४ मत प्राप्त गरेका थिए ।

समीकरण नमिलेपछि अधिकारीले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

यस क्याम्पसको स्ववियु सचिवमा अनेरास्ववियु क्रान्तिकारीका सुजन थापा क्षेत्री, कोषाध्यक्षमा क्रान्तिकारीकै राजेश्वर दाहाल निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?