Comments Add Comment

नेपाली र पाकिस्तानी केन्द्रीय बैंकले सुपरिवेक्षणमा सहकार्य गर्ने

फोटो साभार :डेली टाइम्स

२८ माघ, काठमाडौं । पाकिस्तानको केन्द्रीय बैंक स्टेट बैंक अफ पाकिस्तान र नेपाल राष्ट्र बैंकबीच नियमनको क्षेत्रका सहकार्य गर्ने र सुपरिवेक्षकीय सुचना आदान प्रदान गर्ने सम्झौता भएको छ ।

पाकिस्तानी वेब पत्रिका डेलि टाइम्समा  शुक्रबार प्रकाशित समाचारका अनुसार सम्झौतामा राष्ट्र बैंकका तफबाट कार्यकारी निर्देशक महेश्वर लाल श्रेष्ठ र पाकिस्तानी बैंकबाट पनि कार्यकारी निर्देशक सायिद इफरानले हस्ताक्षर गरेका हुन् ।

चिनसँग भएको यस्तै सुपरिवेक्षकीय सुचना आदान प्रदान गर्ने सम्झौतापछि चिनिया बैंक नेपाल आउँन चाहेको बाटो खुला भएको मानिएको थियो । नेपालमा भने पाकिस्तानको हबिब बैंकले सन् १९९३ मा नै लगानी गरेको थियो । हाल हिमालय बैंकमा यस बैंकको करिब २० प्रतिशत सेयर लगानी गरेको छ ।

यो सम्झौतापछि द्विपक्षीय सम्बन्धमा थप सुधार आउने बैंकिङ सुपरिवेक्षणमा समान स्तर र मोडालीटिमा जान सजिलो पर्ने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment