+
+

‘बीग आइकन’को सातौ अडिसनका लागि २५ जनाको छनोट

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १ गते १०:३८


‘सातौं बिग आइकन’ अन्तर्गत शनिबारदेखि सुरु भएको ‘गितानो’ राउण्डबाट पाँच जना प्रतियोगी बाहिरिएका छन् । अब ‘विग आइकन’को उपाधि होडमा रहेका २५ जना प्रतियोगीले मात्रै बाँकी अडिसन दिनेछन् । यसअघि पाँचौं चरण पार गरि ३० जना प्रतियोगी छैठौ चरणका लागि छनौट भएका थिए । शनिबारको अडिसनमा सम्पूर्ण प्रतियोगीलाई गितार र पियानोको संगीतमा गीत गाउन लगाइएको थियो । अब फागुन ४ गते अर्को चरणको अडिसन हुनेछ ।

सातौं विग आइकनको गितानो राउण्डसम्म आइपुग्दा अडिसन निकै प्रतिस्पर्धात्मक बनिसकेको निर्णायकहरुले बताएका छन् । यो सिजनको बिग आइकनमा गायक श्यामसुङ तामाङ, विवेक श्रेष्ठ र संगीतकार सुनील थापा निर्णायक छन् ।

यो सिजनमा कुल ५४ जिल्लाका ११ सय ५२ जना प्रतियोगी बिग आईकन बन्ने लक्ष्यका साथ प्रतिष्पर्धामा उत्रिएका थिए । यसअघि पाँचौ चरणको अडिसनमा ३९ जना प्रतियोगीहरु छनौट भई गत बिहिबार नौ जना बाहिरिएका थिए ।

बिग आइकन बन्नेले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको सांगीतिक भ्रमण गर्ने अवसर प्राप्त गर्ने एफएमले जनाएको छ । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । बीग आइकनको मिडिया पार्टनर अनलाइनखबर डट कम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?