नायक श्रीकृष्ण श्रेष्ठ जन्मेको जिल्ला सिन्धुपाल्चोक पुगेर नायिका स्वेता खड्काले बस्ती निर्माणमा सहयोग गर्ने वचन दिएकी छिन् । शनिबार केहि पत्रकारको साथमा स्वेता भूकम्पबाट प्रभावित भएको सिन्धुपाल्चोकको ठूलो सिरुवारीस्थिती झ्याँडी गाउँमा सहयोगका लागि पुगेकी थिइन् ।
भिडियोमा हेर्नुहोस्, स्वेतालाई यसरि गरियो भव्य स्वागत
शनिबार माझी बस्तीको अवलोकन गर्दै स्वेताले आफूले बस्ती निर्माणका लागि ज्यान दिएर सहयोग गर्ने बताइन् । भूकम्पले माझी बस्तीलाई ठूलो असर गरेपनि अझै पनि यो बस्ती उठ्न सकेको छैन । उनले कार्यक्रममा भनिन्-‘यो बस्तीलाई नमुना बस्ती बनाउन म आफ्नो ज्यान दिएर लाग्नेछु । सरकारले गर्ने आर्थिक सहयोगमा हामीले व्यवस्थापन गरेर नमुना बस्ती बनाउँनेछौ ।
स्वेता उक्त बस्ती पुग्दा उनलाई ‘भाउजु, बुहारी’ भनेर भव्य स्वागत गरिएको थियो । स्वेताले भनिन्-‘म हजुरहरुकै भाउजु, बुहारी हुँ । मलाई यो शब्दले सम्बोधन गर्दा कुनै आपत्ती छैन ।’ उनले श्रीकृष्णसँग बिहेपछि पहिलो पटक यो बस्ती पुगेको बताइन् । स्वेतालाई माझी बस्तीसम्म पुर्याउने सहयोग गर्ने यज्ञराज कार्कीले बर्खा सुरु हुनु भन्दा अगाडि नै बस्ती निर्माणको काम सुरु हुने बताएका छन् ।
स्वेताको स्वागतमा गीत र नृत्य पनि प्रस्तुत गरिएको थियो । स्वेताले स्वर्गिय पति श्रीकृष्णको चाहना पनि समाजसेवामै थियो । आफूले श्रीकृष्णको सपना पुरा गर्न काम गरिरहेको उनले बताइन् ।
तस्बिरः कमल प्रसाई
प्रतिक्रिया 4