+
+

‘प्रेमी’ सार्वजनिक गर्दै आलियाले भनिन्-‘मेरो प्रेमीको बारेमा नसोध्नुहोला’

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १ गते १६:३३


बलिउडमा पाइला राखेदेखि नै नायिका आलिया भट्टको नाम विभिन्न नायकहरुसँग जोडिएको छ । वरुण धवन, अर्जुन कपुरदेखि सिद्धार्थ मल्होत्रासँग २३ बर्षकी सुन्दरीको नाम जोडिएको छ ।

अहिले नायक सिद्धार्थ मल्होत्रा र आलियाविच प्रेम रहेको चर्चा पनि मिडियामा आइरहेको पाइन्छ । तर, एक कार्यक्रममा पुगेकी नायिका भट्टले आफूलाई ‘प्रेमी’को बारेमा नसोध्न आग्रह गरिन् ।

चलचित्र ‘बद्रीनाथ कि दुल्हनिया’ चलचित्रमा समावेश ‘तु प्रेमी, मे प्रेमी’ बोलको गीत सार्वजनिक कार्यक्रमम आलियाले सुरुमै प्रेमीको बारेमा नसोध्न आग्रह गरिन् ।
उनले भनिन्-‘कृपया पत्रकार मित्रहरुलाई म आग्रह गर्छु, कसैले पनि मेरो प्रेमीको बारेमा प्रश्न नसोध्ने प्रतिवद्धता गर्नुहोस् ।’ मिडियामा आफ्नो प्रेम चर्चा धेरै आउन थालेपछि आलियाले सुरुमै पत्रकारलाई यो बिषयमा सजग गराएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?