Comments Add Comment

सरकारको निर्देशनः जसरी पनि स्थानीय निकायको काम सुचारु गर्नु

१ फागुन, काठमाडौ । सरकारले आन्दोलनरत स्थानीय निकायका कर्मचारीहरुलाई काममा र्फकन आग्रह गरेको छ ।

संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले आन्दोलनरत पक्षका जायज मागहरु सम्बोधनका क्रममा रहेको र केही विषयहरु कानुन बनाउने क्रममा छलफल गर्नुपर्ने भन्दै काममा र्फकन कर्मचारीहरुलाई आग्रह गरेको छ ।

मन्त्रालयले विज्ञप्ती निकालेर स्थानीय निकायका कर्मचारीहरुको जायज माग र समस्या हल गर्न मन्त्रालयले गम्भिरतापूर्वक पहल गरिरहेको जानकारी गराएको छ ।

साथै नागरिकलाई सेवा प्रवाह गर्ने काममा अवरोध र विरोधका कार्यक्रम नगर्न चेतावनी दिएको छ । स्थानीय विकास अधिकारी र नगरपालिकाका कार्यकारी अधिकृतहरुहरुलाई सम्बोधन गर्दै मन्त्रालयले भनेको छ, ‘कर्मचारी, सेवाग्राही र स्थानीय निकायको सम्पत्तिको भरपर्दो सुरक्षा व्यवस्था मिलाई कार्यलयलाई सूचारु रुपमा सञ्चलन गर्नु ।’

मन्त्रालयले सुरक्षाका लागि स्थानीय सुरक्षा निकायसँग आवश्यक समन्वय गर्न पनि भनेको छ ।

स्थानिय विकास मन्त्रालय मार्फत ल्याउन लागिएको गठन आदेशको बिरुद्धमा स्थानीय निकाय टे्रड युनियन संयुक्त समन्वय समिति आन्दोलनरत छ । उनीहरुले भोलिबाट स्थानीय निकायमा निजामती कर्मचारीहरुलाई कार्यलय प्रवेश गर्न नदिने र उनीहरुको गाडी खोस्ने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment