Comments Add Comment

‘जोली एलएलबी २’ पाकिस्तानमा प्रतिवन्धित

अक्षय कुमार अभिनित हिन्दी फिल्म जोली एलएलबी २ पाकिस्तानमा प्रतिवन्धित भएको छ । कश्मिरको मुद्दालाई गलत तरिकाले उठान गरिएको भन्दै पाकिस्तानी सेन्सर बोर्डको परिक्षण समितिले फिल्मलाई प्रतिवन्ध लगाएको हो ।

सुभाष कपूरले निर्देशन गरेको यस फिल्ममा अक्षयले एउटा वकीलको भूमिका निभाएका छन् । यस क्रममा एक कश्मिरी लडाकुको मुद्दा पनि उनीसामु आउँछ ।

यसअघि शाहरुख खानको फिल्म रइसलाई पनि पाकिस्तानमा रिलिज गर्न रोकिएको थियोउ । जबकि ऋतिक रोशनको फिल्म काबिलले त्यहाँ प्रदर्शनको अनुमति पाएको छ ।

त्यसो त जोली एलएलबी २ पाकिस्तानमा रिलिज हुने झिनो सम्भावना अझै बाँकी छ । पाकिस्तानी बितरकहरुले सेन्सर बोर्डको प्रतिवन्धका विरुद्ध फुल बोर्डमा अपील गर्ने तयारी गरेका छन् । फुल बोर्डले सेन्सर बोर्डको निर्णय उल्टाउने क्षमता राख्छ ।

गत शुक्रबारबाट प्रदर्शनमा आएको जोलीले रिलिजको पहिलो दिन १३ करोड २० लाख भारुको व्यापार गरेको थियो । यो फिल्म २०१३ मा आएको जोली एलएलबीको सिक्वेल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment