+
+

असार मसान्तसम्म आयोजना प्रमुखको सरुवा नगर्न निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २ गते १७:४२

२ फागुन, काठमाडौं । सचिव बैठकले आगामी असार मसान्तसम्म आयोजना तथा परियोजना प्रमुखहरुको सरुवा नगर्न निर्देशन दिएको छ ।

मुख्य सचिव सोमलाल सुवेदीको नेतृत्वमा सोमबार बसेको सचिवस्तरको बैठकले विकास निर्माणका कामलाई प्रभावकारी बनाइ पूँजीगत खर्चको प्रभावकारीता बढाउन र विकास निर्माणको गुणस्तर बृद्धि गर्न आयोजना तथा परियोजना प्रमुखको सरुवा नगर्ने निर्णय गरेको हो ।

बैठकले बेरुजु फछ्र्यौटमा प्रगती हुन नसकेको भन्दै कार्ययोजना बनाएर काम गर्न निर्देशन दिएको छ ।

साथै राष्ट्रिय गौरवका आयोजना लगायत विकास निर्माणका आयोजनाहरुको कामलाई तीव्रता दिन कार्ययोजना बनाएर काम गर्न समेत निर्देशन दिएको छ । र, त्यस्तो कामको अनुगमन प्रभावकारी बनाएर त्यसको प्रगती आगामी बैठकमा पेश गर्न समेत निर्देशन दिएको छ ।

सचिव बैठकले अग्रपंक्तिका कार्यालयहरुलाई पहिलो प्राथमिकतामा राखेर जनशक्ति व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

साथै नियम विपरित काजमा बसेका कर्मचारीलाई नियम अनुसार कारबाही गर्न पनि निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?