+
+

दाङमा वडाध्यक्षमाथि भाला प्रहार, अवस्था गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ८ गते १८:५२
Photo Credit : Shibu Khanal

८ जेठ, दाङ । दाङ देउखुरीको राजपुर गाउँपालिकामा एकजना वडा अध्यक्षमाथि भाला प्रहार भएको छ । मंगलबार दिउँसो राजपुर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष टंक विष्टमाथि कार्यकक्षभित्रै भाला प्रहार भएको हो ।

उनको अवस्था गम्भीर छ । हाल उनको लमही अस्पतालमा उपचार भइरहेको छ ।

राजपुर गाउँपालिका वडा नम्बर ६ खयरभट्टी निवासी २० वर्षीय विजय नेपालीले वडाध्यक्ष विष्टमाथि दिउँसो करिब ४:३० बजे छातीको वायाँ भागमा भाला प्रहार गरेर घाइते बनाएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाइते भएका वडाध्यक्षलाई उपचारका लागि लमही अस्पतालमा पुर्‍याइएको छ । वडाध्यक्ष विष्टमाथि आक्रमण हुनुको कारण खुलेको छैन ।

घटनाको अनुसन्धान अगाडि बढाइएको गढवा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?