Comments Add Comment

गुप्तचरको असई बनाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

३ फागुन, काठमाडौं । अनुसन्धान बिभागको असई बनाइदन्छिु भनि ठगी गर्ने मोरङका प्रेम पुरीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।

कञ्चनपुर पिपलाडिन ५ का दिपेन्द्र कार्कीसहित केहि व्यक्तिलाई राष्ट्रिय अनुसन्धान बिभागको असई पदमा जागीर लगाइदिने प्रलोभनमा ठगी गर्ने मोरङ बेलबाडीका पुरीलाई प्रहरीले झापाको काँकडभिट्टाबाट पक्राउ गरेको हो ।

उनले प्रहरी सहायक निरिक्षक पदमा जागीर लगाइ नियुक्तिपत्र दिने भन्दै प्रतिव्यक्ति २ देखि ७ लाखसम्म असुलेका थिए । पछि नियुक्तिपत्र दिन नसकेपछि पीडितहरु प्रहरीको शरणमा पुगेका थिए ।

आरोपी पुरीले अरुलाई विश्वासमा पार्न जिविस सप्तरीको राजविराजस्थित कार्यालयबाट दजारी भएको गाविस सचिवको नक्कली स्थाई नियुक्तिपत्र दिँदै हिडेको तथा आइएमईबाट मात्र पैसा लिने गरेको भेटिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment