Comments Add Comment

अब रेडियोको लाइसेन्स र नविकरण हुलाक कार्यालयबाटै

 

३ फागुन, काठमाडौं । रेडियोको लाइसेन्स वितरण तथा नविकरण जिल्ला हुलाक कार्यालयबाटै हुने भएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयले ५०० वाटसम्मका रेडियोको लाइसेन्स वितरण तथा नविकरणसम्वन्धी अधिकार जिल्ला हुलाक कार्यालयलाई प्रत्यायोजन गरेको हो ।

मन्त्रालयका अनुसार काटमाडौंको हकमा गोश्वारा हुलाका कार्यालय तोकिएको छ भने क्षेत्रीय हुलाक निर्देशनालयहरु पूर्वाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल र ७० जिल्ला हुलाक कार्यालयले पनि रेडियोको लाइसेन्स वितरण तथा नविकरण गर्न सक्नेछन् ।

मन्त्रालयले कार्यविधि पनि बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment