Comments Add Comment

फागुन ६ देखि अन्तर्राष्ट्रिय कृषि प्रर्दशनी


३ फागुन, काठमाडौं । कृषि क्षेत्रको व्यवसायिक विकास गर्ने उद्देश्यसाथ नेपालमा पहिलोपटक बृहत अन्तर्राष्ट्रिय कृषि प्रर्दशनी हुने भएको छ ।

आगामी फागुन ६ गते देखि तीन दिन सम्म राजधानीको भृकुटीमण्डमा हुन लागिरहेको अन्तर्राष्ट्रिय कृषि प्रर्दशनीमा कृषिजन्य औजार देखि नया कृषि प्रविधि राखिने छ ।

मिडिया स्पेश सोलुसन प्रालिले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी नेपालमा पहिलोपटक नेपालमा बृृहत अन्तर्राष्ट्रिय कृषि प्रर्दशनी हुन लागेको जनाएको हो ।

प्रर्दशनीमा नेपाल, भारत , मलेसीया , चीन ताईवपान, इटाली, इजराइल, बंगलादेश, जर्मनी, बेल्जियम लगायत १६ देशका दुई सय कक्ष रहनेछन् ।

प्रर्दशनीमा आधुनिक कृषि यन्त्र तथा उपकरण, आधुनिक खेती प्रणाली, डेरी उद्योग, मत्स्यपालन उद्योग, पोल्ट्री उद्योग सम्बन्धी प्रविधिका स्टल राखिनुको साथै आधुनिक कृषि सम्बन्धी जानकारीमुलुक गोष्ठी समेत संचालन गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment