Comments Add Comment

धुर्मुस–सुन्तली फाउन्डेसनलाई ८८ हजार


४ फागुन, गौशाला । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा मङ्गलबार एक कार्यक्रमबीच धुर्मुस–सुन्तली फाउन्डेसनलाई रु ८८ हजार सहयोग गरिएको छ ।

महोत्तरीको बर्दिबासमा एकीकृत नमुना मुसहर बस्ती बनाउन लागेको धुर्मुस–सुन्तली फाउन्डेसनका संस्थापक सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) मङ्गलबार साँझ जलेश्वर आएको बेला स्थानीयवासीले भव्य स्वागत गर्दै ८८ हजार सहयोग गरेका थिए ।

जलेश्वर उद्योग वाणिज्य सङ्घ जलेश्वरको सभाहलका आयोजित स्थानीय बुद्धिजीवी, समाजसेवी र अगुवासँगको भेटघाटमा फाउन्डेसनलाई तत्काल भेटघाटमा उपस्थित व्यक्तिले आफूसँग रहेको रकम मुुसहर बस्ती निर्माणका लागि सहयोग गरेका थिए ।

सो कार्यक्रममा जलेश्वरका युवा एवम् एडभान्स बोर्डिङ स्कुल सञ्चालक लवराजा सिंहले ५१ हजार, स्थानीय व्यपारी सुरेन्द्र साहले ११ हजार, जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृपाशङ्कर साहले  पाँचहजार पाँचसय, नेपाली काँग्रेसका नेता बजरङ्ग नेपालीले  पाँच हजार पाँचसय, स्थानीय व्यापारी फुलबाबु साहले  पाँच हजार, राराब क्याम्पस जनकपुरका प्रा जुगेश्वर साहले पाँच हजार र पत्रकार महासङ्घ महोत्तरी शाखाका अध्यक्ष ईश्वरी पौडेलले पाँच हजार सहयोग गरेका थिए ।

धुर्मुस–सुन्तलीको मुसहर बस्ती निर्माण निक्कै सराहनीय भएको र उहाँहरुको कार्यको निक्कै प्रशंसा गर्दै जलेश्वरवासीले आउँदा दिनमा सो फाउन्डेसनमा बढीभन्दा बढी सहयोग जम्मा गर्न सबैले आ–आफ्नो तर्फबाट भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment