Comments Add Comment

आर्थिक समाचारः लगानी सम्मेलनमा सयभन्दा बढी देशका लगानीकर्ता आउने

५ फागुन, काठमाडौं । नयाँ पत्रिका दैनिकले मध्यपहाडी लोकमार्ग पश्चिम खण्डको लागत ३९ अर्ब रुपैयाँ पुग्नेलाई आर्थिक पृष्ठको मुख्य समाचार बनाएको छ । त्यस्तै सरकारले गर्न लागेको लागानी सम्मेलनमा एक सयभन्दा बढी देशका विदेशी लगानीकर्ता आउने समाचार र ग्यास उद्योगीहरुले आन्दोलनको चेतावनी दिएको समाचारलाई महत्वका साथ छापेको छ ।

आर्थिक दैनिक कारोबारले बालबालिकाको खोपमा वर्षको ३ अर्ब खर्च हुने गरेको समाचारलाई महत्व दिएको छ । त्यस्तै रकमान्तरले बजेट कार्यान्वयनमा समस्या भएको समाचारले पनि प्राथमिकता पाएको छ ।

नागरिक दैनिकको आर्थिक पृष्ठमा महिला उद्यमीको उत्पादन प्रदर्शनीमा हस्तकलाका स्टलमा अवलोकनकर्ताको आकर्षण बढी भएको समाचार महत्वका साथ छापिएको छ ।

सात महिनामा १७ प्रतिशत मात्रै विकास खर्च भएको समाचारलाई अन्नपूर्ण पोस्ट् दैनिकको आर्थिक पृष्ठमा खास स्थान पाएको छ ।

आर्थिक दैनिक अभियानले राष्ट्रिय प्रसारणमा १० मेगावाट बिजुली थपिएको समाचारलाई महत्व दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment