+
+
Shares

सौगातसँगको प्रेमको बारेमा खुल्दै श्रृष्टी

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ५ गते १२:५५


नेपाली चलचित्रका कलाकारहरु अहिले आफ्नो प्रेमको बारेमा खुल्न थालेका छन् । अहिले नायिका श्रृष्टी श्रेष्ठ र नायक सौगात मल्ल पनि आफ्नो प्रेमको बिषयमा खुलेरै बोल्न थालेका छन् ।

श्रृष्टी र सौगातविच प्रेम भएको केहि समय भयोे । चलचित्र ‘गाजलु’ रिलिजको समयमा श्रृष्टीले सौगात आफूलाई मनपर्ने कलाकार भएको बताएकी थिइन् । यसपछि, यी दुइविच प्रेम सुरु भएको थियो । सौगातले त आफू र श्रृष्टी विचको प्रेम नयाँ उचाइमा पुग्न थालेको बताइसकेका छन् ।

अब, श्रृष्टी पनि आफ्नो प्रेमका बिषयमा खुलेर कुरा राख्न थालेकी छिन् । श्रृष्टीले मिडियासँगको कुराकानीमा सौगात र आफ्नो प्रेम फक्रिन थालेको बताएकी छिन् ।
उनले, आफूहरु दुबै काममा व्यस्त हुने भएकाले पनि भेटघाट कम हुने गरेको सुनाइन् । तर, सौगातसँगको प्रेममा परेपछि आफूमा अर्कै खालको खुशी मिलेको उनको भनाई छ । माया गर्ने, केयर गर्ने कोहि त छ भन्ने भावना उत्पन्न हुन थालेको श्रृष्टीले बताएकी छिन् ।

श्रृष्टी चलचित्र ‘गाजलु’ पछि नयाँ चलचित्र ‘रोमियो एन्ड मुना’मा काम गर्दैछिन् । यो चलचित्रमा काम गर्न लागेकी उनी उत्साहित देखिइन् । सौगातसँग प्रेममा परेपछि श्रृष्टी अहिले काम भन्दापनि प्रेमका कारणले बढी चर्चित छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?