Comments Add Comment

वीरगञ्जको तरकारी बजारमा एकाविहानै डोजर चल्यो

८ फागुन, वीरगञ्ज । वीरगञ्ज उपमहानगरपालिकाले घण्टाघर चोक नजिकैको वीपी उद्यानमा रहेको तरकारी बजारमा डोजर लगाएको छ ।

सुरक्षाकर्मी परिचालन गरेर तारकारी बजारमा रहेका झण्डै ५ सय टहरा भत्काइएको हो ।

त्यसक्रममा स्थानीय व्यापारी र प्रहरीबीच सामान्य झडप समेत भएको थियो । आक्रोसित व्यापारीहरुले सडकमा तरकारी फालेर विरोध समेत जनाएका छन् ।

उपमहानगरपालिकाले पूर्व सूचना नदिई झिसमिसेमा नै डोजर चलाएको स्थानीय व्यापारीको आरोप छ ।

तर, उपमहानगरपालिकाले भने ४८ घन्टे सूचना दिएको तर अटेर गरेकाले डोजर लगमएको बताएको छ ।

मीना बजारमा व्यवस्थित मिना कम्प्लेक्स बनाउने क्रममा उपमहानगरपालिका कार्यालयले त्यहाँ रहेका तरकारी बजार वि. सं. २०६७ सालमा विपी उद्यान परिसरमा सारेको थियो । त्यस बेला कम्प्लेक्स बनेपछि यो बजारलाई फेरि त्यहाँ फर्काउने सहमति भएको थियो ।

तर, तरकारी र तथा फुल व्यवसायी संघले कम्प्लेक्सको ठेक्का खारेजीको माग गर्दै जिल्ला अदालतमा मुद्धा हाल्यो । यो मुद्धामो संघको विपक्षमा फैसला आएपछि वीरगन्ज उपमहानगरपालिकाले ४८ घण्टा भित्र तरकारी पसल हटाउन भन्दै फागुन ४ मा सूचना जारी गरेको थियो ।

यो सूचनाको अटेर गरेपछि महानगरपालिकाले आइतबार विहानै डोजर लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment