Comments Add Comment

जगदम्बा अल्ट्रा प्रिमियम ओपीसी सिमेन्ट नयाँ आवरणमा बजारमा


९ फागुन, काठमाडौं । जगदम्बा अल्ट्रा प्रिमियम ओपीसी सिमेन्ट नयाँ आवरणमा बजारमा आएको छ । लोगो, प्योकजिङ ट्रेडमार्क र विज्ञापनलाई नै परिवर्तन गरेर यो सिमेन्ट नेपाली सिमेन्ट बजारमा प्रस्तुत भएको छ ।

अब जगदम्बा अल्ट्रा पि्रमियम ओपीसीको लोगो, प्यकेजिङ ट्रडमार्क र विज्ञापनमा नविनपन देखिएको छ । यसको प्रवर्द्धर्नात्मक कृयाकलापका लागि नेपालका चर्चित ब्यक्तित्व भुषण दाहलालाई ब्राण्ड एम्बेसडरको रुपमा सम्मिलित गरेको छ ।

कम्पनीले ओपीसी अझ बढी गुणस्तरयुक्त नविन र समय सापेक्ष रुपमा परिस्कृत भएर बजारमा आएको दावी गरेको छ । उसले बोकेको लामो ऐतिहासिक अनुभवलाई नेपाली निर्माण बजारमा उपभोक्ताको गुणस्तरयुक्त ओपिसी प्रतिको लगावलाई पूर्ति गर्ने दृढता ब्यक्त गरेको छ ।

१५ वर्षको लामो इतिहास बोकेको जगदम्बा सिमेन्टको अति नै प्रख्यात ब्राण्ड अल्ट्रा प्रिमियम ओपीसी सिमेन्टको प्रयोग प्रारम्भदेखि नै नेपालका प्रतिष्ठित तथा महत्वपूर्ण आयोजनाहरुमा हुँदै आएको छ ।

विदेशी तथा आयातित सिमेन्टलाई प्रतिस्थापन गर्न ब्राण्डले गुणस्तरका सबै मापदण्ड पुरा गरी एनएस ४९, आइएसओ ९००१ः२००८, तथा २०१५ तथा आइएसओ १४००१ः२०१५, एनएस क्वालिटी अवार्डमा दुईवर्ष उत्कृष्ट उत्पादनको सम्मान पनि पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment