९ फागुन, काठमाडौं । अग्रज पत्रकार पुरुषोत्तम दाहाल मानव अधिकार तथा शान्ति समाजको आजीवन सदस्यबाट निश्कासित भएका छन् ।
हालै प्रकाशित ‘मेरो पत्रकारिता’ नामक पुस्तकमा उनले मानवअधिकार तथा शान्ति समाजबारे झुठा कुरा उल्लेख गरेको आरोप लागेको छ ।
पहिलो पत्रको जवाफ चित्तबुझ्दो नआएको र स्पष्टीकरण दिन बोलाउँदा पनि उपस्थित नभएको तथा गत फागुन ४ गते चार दिनको समयसीमा दिएर सोधिएको दोस्रो स्पष्टीकरणको जवाफ नआएपछि फागुन ८ गतेदेखि लागू हुनेगरी उनको आजीवन सदस्यता खारेज गरिएको समाजका महासचिव उत्तर पुडासैनीद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।
गत मंसिरमा बसेको समाजको राष्ट्रिय परिषद बैठकले आरोपी दाहालले गल्ति महशुस गरी क्षामा याचना गराउने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4