Comments Add Comment

राप्रपा अध्यक्षका लागि मतदान सुरु, थापा र राणा चुनावी मैदानमा

९ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशमा अध्यक्ष चयनका लागि मतदान सुरु भएको छ ।

अध्यक्षका लागि कमल थापा र प्रदिपविक्रम राणा चुनावी मैदानमा छन् । पहिलो भोट अध्यक्षका उम्मेदवार राणाले खसाले भने लगतै डा. प्रकाशचन्द्र लोहनीले मतदान गरेका छन् ।

राणा काठमाडौं ७ का क्षेत्रीय सभापति हुन् । डा. प्रकाशचन्द्र लोहनी निकट राणाको उम्मेदवारीले थापालाई सर्वसम्मत अध्यक्ष बनाउने प्रयास असफल भएको छ । लोहनीले भने अन्तिममा मैदान छाडेका थिए ।

अध्यक्षका लागि मतपत्र व्यवस्था गरिएको छ । केन्द्रीय सदस्यहरुको चुनावमा भो विद्युतीय भोटिङ मेसिन प्रयोग हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment