+
+
Shares

जन्मदिनको अवसरमा शिव परियारको नयाँ भिडियो

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १० गते १०:३७

काठमाडौं । लोकपि्रय गायक शिव परियारको जन्म दिनको अवसरमा उनको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । शिव परियारको शिवालय एल्बममा सामबेश ‘अल्लारे’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । राजु थापा मगरको शब्द रहेको यस गीतमा संगीत शिव परियार आफैले दिएका छन् ।

गीतमा अल्लारेमा लगाएको माया प्रेमको बारेमा के के गर्छन भनेर देखाउन खोजिएको छ । विभिन्न महोत्सबमा रिलिज पूर्व नै दर्शक तथा स्रोतको मन जित्न यस गीतले बजारमा राम्रै चर्चा पाउने गायक परियारको विश्वास छ ।

गीतमा ज्योत्सना योगी र रितेश गुरुङलाई फिचरिङ गरिएको छ । आस्था व्याण्डका गायक नरेन लिम्बुको निर्देशनमा भिडियो तयार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?