Comments Add Comment

‘इन्डलेस लभ’मा आर्यन, १ बर्षपछि फिल्ममा काम गर्दै


चलचित्र ‘इन्डलेस लभ’को एक प्रेमगीतको अडियो अहिले चर्चामा छ । ‘आई एम इन लभ’ बोलको गीतले युटुबमा राम्रो चर्चा पाइरहेको छ । छायांकन अगावै सार्वजनिक गरिएको चलचित्रको यो गीतको अडियो चर्चामा रहेपछि यसको निर्माणपक्ष पनि दंग परेको छ ।

गीत सार्वजनिक गर्दा चलचित्रका कलाकारको बिषयमा केहि पनि खुलाइएको थिएन । तर, वुझिएअनुसार चलचित्रमा नायक आर्यन सिग्देलले काम गर्ने पक्का भएको छ । चलचित्रका निर्देशक साजन श्रेष्ठले आर्यनसँगको एक तस्बिर फेसबुकमा शेयर गरेका छन् । तर, उनले आर्यन सिग्देल पक्का भएको बिषयमा केहि पनि बोल्न चाहेनन् । उनले आर्यनसँग कुरा भएको भने खुलाए । आर्यनले साजनको डेब्यू चलचित्र ‘पूर्नजन्म’मा पनि काम गरेका थिए ।

चलचित्र ‘क्लासिक’मा काम गरेपछि आर्यनले कुनै पनि चलचित्र खेलेका छैनन् । यो बर्ष उनको कुनै पनि चलचित्र रिलिज हुनेछैन । आर्यन, विदेश यात्रा र स्टेज कार्यक्रममा व्यस्त बने ।

तर, अब भने केहि समयमै छायांकनमा जान लागेको यो चलचित्रमा आर्यनले अभिनय गर्ने भएका छन् । शिवराज ढकालले यो चलचित्रको निर्माण गर्न लागेका हुन् । चलचित्रका अन्य कलाकारको बिषयमा केहि पनि खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment