Comments Add Comment

गायत्रीले ल्याइन पञ्चेबाजा गीत

काठमाडौं । लोक दोहोरी गीतको दुनियाँमा रमाउँदै आएकी गायत्री थापाको नयाँ गीत बाग्लुङ दरमखोला बजारमा आएको छ । नेपाली समाजमा लोप हुने तयारीमा रहेको पञ्चेबाजा समेटिएको उक्त गीतमा गायत्री र नवीन पौडेलले स्वर दिएका छन् ।

गायनको अतिरिक्त गीत लेखनमा समेत सक्रिय गायत्री यस भिडियोमा निर्देशकको रुपमा समेत उपस्थित भएकी छिन् । ‘निर्देशनमा सघाउने काम त यसअघि पनि गरेकी थिएँ यसपाली आफैंले गरेँ’ उनले भनिन् । गायत्री र रबिन थापाको निर्देशन रहेको भिडियोमा मोडलिङ पनि गायत्री आफैंले गरेकि छिन् ।

यसअघि पनि कतिपय भिडियोमा अभिनय गरेकी गायत्री पञ्चेबाजा र लोकगीतमा नाँच्न पाउदा रमाईलो लाग्ने बताउछिन् । पछिल्लो समय म्युजिक भिडियो उत्पादनमा सक्रिय गायत्रीले यो भिडियो आफ्नै कम्पनि शिबदर्शन डिजिटल मार्फत बजारमा ल्याएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment