+
+
Shares

सरकारले विप्लवलाई झन् उत्तेजित बनायो : कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ११ गते १५:३८

११ चैत, काठमाडौं । सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएर झन् उत्तेजित बनाउने काम गरेको नेपाली कांग्रेसले बताएको छ ।

सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले विप्लव समूहलाई प्रतिबन्ध लगाउनु बेठीक भएको ठहर गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए । त्यस्तै कांग्रेसले हत्या हिंसा र हतियारको राजनीति छाडेर शान्तिपूर्ण राजनीतिमा आउन विप्लव समूहलाई आग्रह गरेको छ ।

कांग्रेसले संसदको हिउँदे अधिवेशनमा प्रधानमन्त्री र मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरु भए पनि प्रभावकारी नभएको ठहर गरेको छ ।

‘संसदको हिउँदे अधिवेशनमा प्रश्नोत्तरका कार्यक्रम सुरु भए तर मन्त्री र प्रधानमन्त्री भाग्न खोनुभयो’ प्रमुख सचेतक खाँणले भने ‘यो विषयलाई हामीले त्यसबेला पनि उठायौं । अर्को अधिवेशनमा पनि उठाउछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?