Comments Add Comment

विराट एक्स्पो शुरु, ५० करोड कारोबार गर्ने लक्ष्य

११ फागुन, मोरङ । विराटनगरमा आजबाट कृषि तथा औद्योगिक प्रर्दशनी ‘विराट एक्स्पो शुरु भएको छ । विराट एक्स्पो उदघाटन गर्न प्रधानमन्त्री प्रचण्ड आउने भनिए पनि ऊर्जा मन्त्री जनार्दन शर्मा विराटनगर आएका हुन् ।

उदघाटन समारोहलाई सम्बोधन गर्दै उनले सप्तकोशीका बिभिन्न सहायक नदीहरुबाट विद्युत उत्पादन कार्यको योजना अघि बढेको जानकारी दिँदै ४-५ वर्षभित्र एक हजार मेघावाट भन्दा बढी बिद्युत उत्पादन हुने बताए ।

उद्योग संगठन मोरङको आयोजनामा शुरु भएको विराट एक्स्पो एक सातासम्म चल्ने छ । विराटनगर-३ स्थित शंकरपुर मार्गमा आयोजना भएको विराट एक्स्पोमा कृषि तथा औद्योगिक क्षेत्रको विकास, कृषिको व्यवसायीकरण, औद्योगिक उत्पादन, प्रविधिबारे जानकारी, नयाँ प्रविधि र उत्पादनबारे जानकारी, उत्पादक र उपभोक्ताबीचको सम्बन्ध विस्तार, कृषि तथा औद्योगिक क्षेत्रमा लगानीमैत्री वातावरणको सिर्जना गराउने मुख्य उद्देश्य रहेको छ  ।

उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायका अनुसार विराट एक्स्पो कृषि तथा औद्योगिक प्रदर्शनीमा औद्योगिक उत्पादन तथा बस्तु, कृषि, जडीबुटी उत्पादन र कृषि औजार, सूचना प्रविधि, वैकल्पिक ऊर्जा, अटोमोबाइल्स तथा पार्टस, हस्तकलाका सामग्री, विद्युतीय सामग्री, घरायसी सामान, गार्मेन्ट, खाद्य पदार्थसहितका स्टल रहेका छन् ।

रोजगारी मेला, अन्तर्राष्ट्रिय उत्पादन, बाल उद्यान, खानाको विभिन्न परिकार, वस्तुहरूको अलग-अलग पेभेलियन मेलाका मुख्य आकर्षण रहेको छ ।

कृषि तथा औद्योगिक प्रदर्शनीमा नेपालका अतिरिक्त भारत, चीन, बंगलादेश, पाकिस्तानका समेत औद्योगिक उत्पादन तथा सेवाका स्टल समावेश गरिएका छन् । सात दिनसम्म संचालन हुने कृषि तथा औद्योगिक प्रदर्शनीमा ५० करोड कारोबार हुने लक्ष्य राखिएको छ ।

पहिलो पटक माउन्टेन उडान, हेलिसिटी टुर समेतको व्यवस्था गरिएकोे कृषि तथा औद्योगिक प्रदर्शनीमा ३ लाख दर्शकले अवलोकन गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment