+
+
Shares

राप्रपाको प्रस्तावः संशोधन यथास्थितिमा राखेर नयाँ समझदारी गरौं

चुनावको कार्ययोजना बनाउन कार्यदल गठन

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १२ गते १९:१२

१२ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचन घोषणाको स्वागत गर्दै यसलाई सफल बनाउन रचनात्मक सहयोग गर्ने निर्णय गरेको छ । साथै मधेस केन्द्रीय दलहरुलाई समेत विश्वासमा लिएर चुनावमा सहभागी हुने अवस्था सिर्जना गर्नु पर्नेमा जोड दिएको छ ।

एकता महाधिवेशनपछि निर्वाचित नयाँ कार्यसमितिको बिहीबार बसेको पहिलो बैठकले मधेस केन्द्रीय दलहरुको जायज माग सम्बोधन गर्नु पर्नेमा जोड दिएको छ ।

तर, सरकारले ल्याएको संशोधन विधेयकले मधेस केन्द्रीय दललाई सन्तुष्ट पार्न नसकेको र कतिपय विषय राष्ट्रिय हित अनुकुल नभएको भन्दै राप्रपाले भनेको छ, ‘विधेयकलाई हाल यथास्थितिमा राखि नयाँ शिराबाट समझदारी कायम गरेर मात्र विधेयक अघि बढाउन सरकारसँग आग्रह गर्छ ।’

चुनावको कार्ययोजना बनाउन कार्यदल गठन

राप्रपाले स्थानीय चुनावको कार्ययोजना बनाउन ध्रुवबहादुर प्रधानको नेतृत्वमा ७ सदस्यीय कार्यदल बनाएको छ ।

राप्रपाले चैतमा ‘जनताको माझमा राप्रपा’ नामक विशेष कार्यक्रम अघि सारेको छ । साथै स्थानीय तह अनुसार पार्टी संगठन बनाउन राजेन्द्र लिङ्गदेनको नेतृत्वमा परामर्श समिति गठन गरेको छ ।

केही जिल्लामा देखिएको विवाद हल गर्ने जिम्मा दिपक बोहोरा र राजीव पराजुलीलाई स्ववियु चुनावमा सहयोग गर्ने जिम्मा राजेन्द्रप्रसाद श्रेष्ठलाई दिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?