Comments Add Comment

आजका पत्रपत्रिकाका फ्रन्टपेजः संविधान संशोधन अब के होला ?

१३ फागुन, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित अधिकांश दैनिक पत्रिकाले संसदमा हिजोबाट छलफल सुरु भएको संविधान संशोधन प्रक्रियाबारे अब के होला ? भन्ने आशयको समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् ।

त्यसका अलावा बिखण्डनकारीलाई परास्त गर्ने सेनापति राजेन्द्र क्षत्रीको बक्तव्यलाई पनि पत्रिकाहरुले फ्रन्टपेजमा छापेका छन् ।

आजको नयाँपत्रिकाले संविधान संशोधन अब के होला ? भन्ने शीर्षकमा मूख्य समाचार छापेको छ ।

अन्नपूर्ण पोस्टले बिखण्डनकारीलाई सेनाको चेतावनी शीर्षकमा समाचार छापेको छ ।

त्यस्तै आजको राजधानी दैनिकले मोर्चालाई मनाउन संसद एक साता स्थगित भन्ने समाचारलाई फ्रन्टपेजमा छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment