Comments Add Comment

काठमाडौं महानगरपालिकामा अब ३२ वडा

१३ फागुन, काठमाडौं । स्थानीय तह पुनर्संरचना आयोगले काठमाडौं महानगरपालिकालाई ३२ वडामा बिभाजन गरेको छ । यसअघि काठमाडौंमा ३५ वडा थिए ।

जिल्ला निर्वाचन कार्यालय काठमाडौंले महानगरपालिकालाई ३२ वडाको सीमासहितको प्रतिवेदन दिँदै महानगरपालिका भरि कतिवटा मतदान केन्द्र राख्न सकिन्छ भन्दै सिफारिस गर्न माग गरेको आजको राजधानी दैनिकमा समाचार छ ।

महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख हरि कुँवरले ३२ वडाको सीमासहित मतदान केन्द्रको सिफारिस माग भएकाले त्यसै अनुसार मतदान केन्द्र निर्धारण गरिने बताए ।

महानगरपालिकाले १ हजारदेखि १५०० जनसंख्यालाई एउटा मतदानकेन्द्रको व्यवस्था गर्ने गरी सिफारिसको तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment