१५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजदूत सिफरिस पुनर्विचार गर्न नसकिने बताएका छन् । साथै पार्टी केन्दि्रय समितिमा पनि छलफल नहुने बताए ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीमा आवद्ध नरहेकाहरुलाई राजदूतमा सिफारिस गरेकोमा आपत्ति जनाउँदै सच्याउन देउवामाथि लिखित रुपमै दबाव दिएका छन । जवाफमा सभापति देउवाले राजदूतथ नियुक्तिबारे केन्दि्रय समितिमा अहिलेसम्म छलफल नभएको बताए ।
सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै देउवाले राजदूत नियुक्तिबारे छलफल हुन नसक्ने जिकिर गरे ।
वरिष्ठ नेता पौडेल पक्षले एकलौटी निर्णय गर्दै आएको भन्दै सभापति देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । उनीहरुले राजदूत नियुक्तिको विषय सच्याउनुपर्ने माग भन्दै देउवासँग लिखित रुपमा माग गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4